arrow

माछापुच्छ्रेले नेपालमै पहिलो पटक थाल्यो पोस मेसिनमा इन्स्टेन्ट पेमेन्ट नोटिफिकेसन प्रविधि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
machhapuchhre-bank-2080-08-12.jpeg

काठमाडौँ । डिजिटल बैंकिङमा आक्रममक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पोस मेसिनमा इन्स्टेन्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ । 

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ । नेपालभरका फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनिबाट पनि भुक्तानीको सूचना दिने गरी माछापुच्छ्रेले यो नविनतम प्रविधिको शुरूआत गरेको हो । 

अब माछापुच्छ्रेका फिनपोस मर्चेन्टहरुले कार्ड, क्यूआर (नेपाल पे) वा फोन पे र एमस्मार्ट एनएफसी मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनिमार्फत हुने बैंकले जनाएको छ । 

यसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबारप्रति लोकप्रियता एवम् विश्वासनीयता अझ बढ्ने अपेक्षा गरिएको भन्दै बैंकले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।’

यस सुविधाबाट माछापुच्छ्रेका हजार भन्दा बढी फिनपोस पोस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रेको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखी उक्त सेवा सजिलै जोड्नसमेत सक्ने जनाइएको छ ।

बैंकले भनेको छ, ‘यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ ।’

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ