काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज युएईको दुबई जाँदै छन् ।
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् ।
प्रचण्ड बुधवार राति साढे ९ बजे नेपाल एयरलाइन्समार्फत युएईका लागि निस्कनेछन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन (कोप २८) यही मङ्सिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदैछ ।
सम्मेलनमा ‘प्रचण्डको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर र वन तथा वातावरण मन्त्री महतोलगायत विज्ञसहितको उच्चस्तरीय सहभागिता जनाउने छ ।
प्रचण्ड सम्मेलनमा सहभागि भएर मङ्सिर १७ गते स्वदेश फर्किने तालिका छ ।