arrow

चीनको कोइला खानी दुर्घटनामा ११ जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
coal-mine-china.jpg

काठमाडौँ । चीनको उत्तरपूर्वी कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । 

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान शहरमा मंगलवार दिउँसो भएको कोइला खानीमा दुर्घटनामा ११ जनाको मृत्यु भएको खानी कम्पनीले जनाएको छ ।

 प्रारम्भिक अनुसन्धान अनुसार दिउँसो २:४० बजे दुर्घटना भएको हो । 

हेइलङजियाङ लङमे सुशाङ्गेशान मिनिङ कम्पनी लिमिटेडको शुआङयाङ कोइला खानीमा चट्टान फुटेको कारण भएको थियो । 

खोजी तथा उद्धार कार्य सम्पन्न भई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ