arrow

एघार वर्षदेखि फरार विशन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
Bishan-syangja.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषध (ब्राउन सुगर) हिरोइन मुद्धामा ११ वर्षदेखि फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा फेदीखोला गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३३ का विशन गुरूङ रहेका छन् ।

प्रहरीका अनुसार लागूऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा पुनरावेदन अदालत पोखराले २०६९ असार १७ गते गुरूङविरुद्ध पाँच बर्ष कैद र दश हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । सोही दिनदेखि गुरूङ फरार रहेका थिए । 

प्रहरीले खोजी गर्नेक्रममा उनलाई मंगलबार फेदीखोलाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङलाई आज अदालतमा पेस गरि कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जामा पठाएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ