arrow

बंगलादेशसँगको पहिलो टेष्टमा न्यूजिल्याण्डलाई सात रनको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
cricket-bang-nz-2023-11-30.jpg

काठमाडौँ । बंगलादेश विरुद्धको पहिलो टेष्ट क्रिकेटको पहिलो इनिङ्समा न्यूजिल्याण्डले सात रनको अग्रता लिएको छ । 

सिलेटमा मंगलबारदेखि शुरु भएको टेष्टमा घरेलु बंगलादेशले पहिले ब्याटिङ गर्दै ३१० रन बनायो । महमुद हसन जोएले ८६ रन बनाएको इनिङ्समा कप्तान नजमुल हुसेन शान्टो र मोमिनुल हकले समान ३७ रन बनाए ।

ग्लेन फिलिप्सले ४ तथा कायल जमाइसन र अजाज पटेलले समान २ विकेट लिए । 

जवाफमा न्यूजिल्याण्डले ३१७ रन बनायो । केन विलियमसनले सर्वाधिक १०४ रन बनाए । ग्लेन फिलिप्सले ४२ तथा ड्यारिल मिचेलले ४१ रन बनाए । बंगलादेशका तैजुल इस्लामले ४ तथा मोमिनुल हकले ३ विकेट लिए । 

जवाफमा बंगलादेशले तेस्रो दिनको पहिलो सत्रमै दोस्रो इनिङ्स शुरु गरिसकेको छ । 

भारतमा सम्पन्न एक दिवसीय विश्वकपको सेमिफाइनलसम्म पुगेको न्यूजिल्याण्ड विश्वकपपछि सिधै बंगलादेश गएको हो । 

बंगलादेश भने सेमिफाइनलसम्म पुग्न पाएन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ