arrow

हेटौँडा कप एसियाली खुला बुद्धिचालमा शीर्ष वरीयताका कुण्डूले हराए सिलवाललाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
chess-2080-08-14.jpg

हेटौँडा । मकवानपुरको हेडौँडामा जारी हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८० को तेस्रो चरण समाप्त भएको छ ।

तेस्रो चरणसम्म पुग्दा २३९३ रेटिङ भएका यस प्रतियोगिताका शीर्ष वरियताका भारतीय खेलाडी सुभयान कुण्डूले शतप्रतिशत नतिजा निकालेका छन् । उनले तेस्रो चरणमा नेपाली युवा (यु–१५) खेलाडी पुरुषोत्तम सिलवालमाथि जीत निकाल्दै ३ अंक जोडी शतप्रतिशत अंक प्राप्त गर्न सफल भएका छन् । 

त्यसैगरी अर्का नेपाली युवा खेलाडी इन्जिनियर तथा एरिना आईएम सुश्रुत दाहाललाई मात दिँदै दोस्रो वरीयताका बंगलादेशी आईएम मोहमद मिजाउदिन पनि ३ अंक बटुल्न सफल भए । समान ३ अंकका साथ बंगलादेशी एफएमद्वय मोहमद सरिफ होसैन र नयेम हक भारतीय एफएम अर्बिन्देर प्रित सिंह, एरिना एफएम सौरभ चौबे, श्रयण मजुम्दार र अमरदीप बर्ट्टके अग्रपंक्तिमा रहन सफल भएका छन् । 

बंगलादेशी अन्तर्राष्ट्रिय मास्टर (आईएम) अबु सुफियान शकिल भारतीय १७६३ रेटिङ भएका कमद मिश्रसंग बराबरमा रोकिए । दुवैको समान २.५ अंक छ त्यसैगरी बंगलादेशी एफएम देवराज चतर्कीलाई दोस्रो झड्का दिँदै भारतीय खेलाडी राज देव, राहुल गुरुङ र फतिमा मरिउम समान साढे दुई अंकका साथ पछ्याउँदै छैन् ।

वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, श्रीलंकन महिला अन्तर्राष्ट्रिय मास्टर (डब्लूएफएम) सचिनी रानासिंघे, पुरुषोत्तम सिलवाल, एआईएम सुश्रुत दाहाल, एफएम अहमेद शेख नासिर, पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाई, युवा खेलाडी शुभम् श्रेष्ठ, राजन सुवेदी, मोहितकुमार सोनी, आसुतोष कुमार, अमित धोङ्दियाल, मोहमद रसिद सिद्दिकी, पंकज बोर्से, अक्षत नेगी, आशिष राई, आदित्य बर्कते, झिल्के मोक्तान, सोम्यजित दास, देवौस्निक डे, अमन कुमार, आर्तिन्जय साह, धिरेन राई, अभिनव चौहान र कृष्ण सिग्देल समान २ अंकका बनाउन सफल भएका छन् ।

कूल ५ लाख ८७ हजार ५०० नगद पुरस्कार रहेको यस प्रतियोगिता विजेताले १ लाख २५ हजार पाउने छन् । उत्कृष्ठ १५ र क्याटवरी २३ गरी कुल ३८ जना पुरस्कृत हुने कार्यक्रम संयोजक तथा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामाले जानकारी दिए । 

बुधबारदेखि हेटौँडाको सामना होटलमा सञ्चालन भइरहेको प्रतियोगिता नेपाल बुद्धिचाल महासंघको विशेष प्रस्तुति तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ