arrow

न्यूजिल्याण्डविरुद्ध बंगलादेश बलियो स्थितिमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
rahim-shanto-test-banglades.jpg

काठमाडौँ । न्यूजिल्याण्ड विरुद्धको पहिलो टेष्ट क्रिकेटमा बंगलादेश बलियो स्थितिमा पुगेको छ । सिलेटमा जारी खेलको पहिलो इनिङ्समा न्यूजिल्याण्डले सात रनको अग्रता लिएको भए पनि दोस्रो इनिङ्समा बंगलादेशले सुधारिएको प्रदर्शन गरेको छ । 

बंगलादेशले तेस्रो दिनको समाप्तिसम्म ३ विकेटको क्षतिमा २१२ रन बनाएको छ । कप्तान नजामुल हुसेन शान्टोले १९३ बलमा अविजित रहँदै १०४ रन बनाएका छन् । 

चौथो विकेटका लागि ९६ रनको साझेदारी गर्ने क्रममा मुश्फिकर रहिम ७१ बलमा ४३ रन बनाएर अविजित छन् । मोमिनुल हकले ४० रन बनाए । 

न्यूजिल्याण्डका लागि अजर पटेलले १ विकेट लिए भने दुई बंगलादेशी खेलाडी रन आउट भए । 

सिलेटमा मंगलबारदेखि शुरु भएको टेष्टमा घरेलु बंगलादेशले पहिले ब्याटिङ गर्दै ३१० रन बनायो ।

महमुद हसन जोएले ८६ रन बनाएको इनिङ्समा कप्तान नजमुल हुसेन शान्टो र मोमिनुल हकले समान ३७ रन बनाए । ग्लेन फिलिप्सले ४ तथा कायल जमाइसन र अजाज पटेलले समान २ विकेट लिए । 

जवाफमा न्यूजिल्याण्डले ३१७ रन बनायो । केन विलियमसनले सर्वाधिक १०४ रन बनाए । ग्लेन फिलिप्सले ४२ तथा ड्यारिल मिचेलले ४१ रन बनाए । बंगलादेशका तैजुल इस्लामले ४ तथा मोमिनुल हकले ३ विकेट लिए । 

भारतमा सम्पन्न एक दिवसीय विश्वकपको सेमिफाइनलसम्म पुगेको न्यूजिल्याण्ड विश्वकपपछि सिधै बंगलादेश गएको हो । बंगलादेश भने सेमिफाइनलसम्म पुग्न पाएन । 

न्यूजिल्याण्डले बंगलादेशसँग दुई टेष्टको श्रृंखला खेलिरहेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ