arrow

बंगलादेशलाई हराउन न्यूजिल्याण्ड ३३२ रनको चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
williamson-mitchell-2023.jpg

काठमाडौँ । बंगलादेशलाई पहिलो टेष्ट क्रिकेटमा पराजित गर्न न्यूजिल्याण्डले ३३२ रनको चुनौती पछ्याइरहेको छ । आज चौथो दिन बंगलादेशले ३३८ रन बनाएसँगै जितका लागि न्यूजिल्याण्डलाई ३३२ रनको चुनौती दिएको हो । 

सिलेटमा जारी खेलको पहिलो इनिङ्समा न्यूजिल्याण्डले सात रनको अग्रता लिएको भए पनि दोस्रो इनिङ्समा बंगलादेशले सुधारिएको प्रदर्शन गरेको छ । 

बंगलादेशका लागि कप्तान नजामुल हुसेन शान्टोले १९८ बलमा १०५ रन बनाए । 
चौथो विकेटका लागि ९८ रनको साझेदारी गर्ने क्रममा मुश्फिकर रहिमले ६७ रन बनाए । 

मेहन्दी हसन मिराजले अविजित रहँदै ५० रन बनाए । अजाज पटेलले ४ विकेट लिए । 

सिलेटमा मंगलबारदेखि शुरु भएको टेष्टमा घरेलु बंगलादेशले पहिले ब्याटिङ गर्दै ३१० रन बनायो । महमुद हसन जोएले ८६ रन बनाएको इनिङ्समा कप्तान नजमुल हुसेन शान्टो र मोमिनुल हकले समान ३७ रन बनाए । 

ग्लेन फिलिप्सले ४ तथा कायल जमाइसन र अजाज पटेलले समान २ विकेट लिए । 

जवाफमा न्यूजिल्याण्डले ३१७ रन बनायो । केन विलियमसनले सर्वाधिक १०४ रन बनाए । ग्लेन फिलिप्सले ४२ तथा ड्यारिल मिचेलले ४१ रन बनाए । बंगलादेशका तैजुल इस्लामले ४ तथा मोमिनुल हकले ३ विकेट लिए । 

३३२ रनको चुनौती लिएर मैदानमा उत्रेको न्यूजिल्याण्डले खाता नखोल्दै पहिलो विकेट गुमाएको थियो । 

भारतमा सम्पन्न एक दिवसीय विश्वकपको सेमिफाइनलसम्म पुगेको न्यूजिल्याण्ड विश्वकपपछि सिधै बंगलादेश गएको हो । बंगलादेश भने सेमिफाइनलसम्म पुग्न पाएन । 

न्यूजिल्याण्डले बंगलादेशसँग दुई टेष्टको श्रृंखला खेलिरहेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ