arrow

रहेनन् फुटबल प्रशिक्षक थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
bhim-thapa-coach-football.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक भीम थापाको निधन भएको छ । कुलेश्वरस्थित निजी निवासमा बिहीबार लडेपछि तत्कालै मेडिसिटी अस्पताल पुर्‍याइएका थापालाई अस्पतालले मृत घोषणा गरेको थियो । 

उनले सन् १९७१ मा जापानमा भएको यू–१९ एसियन च्याम्पियनशिपमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए । फुटबल करियरपछि प्रशिक्षण थालेका उनले 
रुक्मशमशेर राणा नेतृत्वको कार्यकालमा सहायक–महासचिव रहेर अखिल नेपाल फुटबल संघ एन्फामा प्राविधिक निर्देशकको रूपमासमेत काम गरेका थिए । 

 ७५ वर्षको उमेरमा मृत्युवरण गरेका थापाको आजै बेलुका पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर एन्फामा राखिने छ ।



लोकप्रिय समाचार
नयाँ