arrow

हेटौँडा कप एसियाली खुला बुद्धिचालमा दुई भारतीय र दुई बंगलादेशी अग्रपंक्तिमा, नेपाली पछिपछि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
chess-hetauda-cup-2080.jpg

हेटौँडा । हेटौंडामा जारी ‘हेटौडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८०को पाँचौँ चरण समाप्त हुँदा २३९३ रेटिङ भएका यस प्रतियोगिताका शीर्ष वरियताका भारतीय खेलाडी सुभयान कुण्डूले चौथो राउन्डमा सहज जीत हात पारे र पाँचौँ चरणमा दोस्रो वरियताका बंगलादेशी अन्तराष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिनसँग बराबरीमा रोकिएका छन् । 

त्यस्तै भारतीय खेलाडी राहुल गुरुङले श्रायण माजुम्दार र बंगलादेशी एफएम नयेम हकले अमरदीप बर्तकेमाथि जीत निकालेका छन् । योसँगै भारतीय खेलाडीहरु कुण्डू र राहुल तथा बंगलादेशी खेलाडीद्धय आईएम मोहमद मिन्हाज उद्दिन र एफएम नएम हक समान ४.५ अंकका साथ उपाधिका लागि अग्रपंक्तिमा छन् । 

नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले भारतीय खेलाडी आशुतोष कुमार र पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईले अभिनव कुमारलाई पराजित गर्दै ४ अंक जोडेका छन् । 

त्यसैगरी चार अंकका साथ बंगलादेशी आईएम अबु सुफियान सकिल र भारतीय खेलाडीहरु एफएम अरविन्द प्रित सिंह, एरिना एफएम सौरभ चौवे, अक्षत नेगी, देबौषणीक डे र अमरदीप बर्कते पछ्याउँदै छन्।

पाँचौं राउन्डमा नेपाली युवा खेलाडी एरिना आईएम सुश्रुत दाहालले बंगलादेशी एफएम मोहमद शरीफ हुसैन संग बराबरी खेल्दै ३.५ अंक हात पारेका छन् । 

त्यसैगरी बंगलादेशी एफएम महमद शरीफ, एफएम शेख नासिर अहमद, आशिष राज र शिवम् चौधरी पनि ३.५ अन बटुल्न सफल भएका छन् ।

कुल पाँच लाख सतासी हजार पाँच सय नगद पुरस्कार राशी भएको यस प्रतियोगिता नेपाल बुद्धिचाल महासंघको सहमतिमा भएको महासंघका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जनले बताए ।

नेपाल बुद्धिचाल महासंघको विशेष प्रस्तुति तथा नेपाल खेलकुद महासंघ, हेटौँडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा प्रतियोगिता भइरहेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ