- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सो अवसरमा आइतबार राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूलनारासहित प्रभात फेरी आयोजना गर्यो ।
सो प्रभातफेरी कार्यक्रम भद्रकालीबाट शुरु भई भृकुटीमण्डपमा पुगी औपचारिक कार्यक्रममा रूपान्तरण भएको थियो ।
त्यस्तै ३२ औँ अन्तर्राष्ट्रिय दिवस मूल समारोह समिति र ललितपुर महानगरपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस प्रभातफेरी कार्यक्रम गरी मनाइएको छ ।
र्यालि ललितपुर महानगरको प्राङ्गणबाट शुरु भई पाटन दरबार क्षेत्रमा गएको थियो । हरेकजसो जिल्लामा अपाङ्ग दिवस मनाइएको छ ।