arrow

आर्थिक संकट चुलिएसँगै चीनमा डिफल्ट ऋणीको संख्या उच्च 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
china-flag-ani.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चीनमा आर्थिक संकट चुलिएको छ । चिनियाँहरुमा आर्थिक संकट आएसँगै ऋण तिर्न नसकेर ‘डिफल्ट’ हुने ऋणीहरुको संख्यासमेत बढेको छ । 

यो संख्या अहिले कोरोना महामारीयताकै उच्च विन्दुमा पुगेको छ । जसका कारण लाखौँ ऋणीहरु कालोसूचीमा परेका छन् । सरकारी अधिकारीहरुले ८५ लाख ४० हजार भन्दा बढी ऋणीहरुलाई आधिकारिक रुपमै कालोसूचीमा राखेको फाइनान्सियल टाइम्सले लेखेको छ । 

ऋणीहरुले घर धितोदेखि व्यापारिक ऋणसम्म सबै कुराको भुक्तानी गर्न नसकेपछि कालोसूचीमा राखिएको हो । कालोसूचीमा पर्ने अधिकांश ऋणीहरु १८ देखि ५९ वर्ष उमेर समूहका रहेको उल्लेख छ । 

उक्त संख्या काम गर्ने उमेरका चिनियाँ वयस्कहरुको करिब १ प्रतिशत बराबर हुन जान्छ । उक्त संख्या सन् २०२० को प्रारम्भमा रहेका ५७ लाख ‘डिफल्टरहरु’ भन्दा धेरै माथि पुगेको हो । 

डिफल्ट हुने ऋणीको संख्याले चीनको आर्थिक मन्दीको गहिराइ र अर्थतन्त्रको पूर्ण रिकभरीमा परेका बाधाहरुलाई प्रष्ट पारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ