arrow

धादिङ गोलाङ हत्याकाण्ड : हत्यामा संलग्न तीन जना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
shiva bdr nepali-dhading murder.jpg

धादिङ । धादिङमा एक वृद्धाको हत्या आरोपमा तीन जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । मंसिर १५ गते राति ९ः३० बजे धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ गोलाङकी ६२ वर्षकी मनकुमारी सर्किनीको हत्या भएको थियो । 

उनको हत्या अरोपमा सोही ठाउँ निवासी ४० वर्षका शिवबहादुर बस्याल, ५४ वर्षका टोपबहादुर सार्की र ४० वर्षका सुनिल नेपालीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङले आज सार्वजनिक गरेको हो । 

पक्राउ परेकाहरुविरुद्ध धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद दिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

मनकुमारीको हत्या भएको सूचना पाएपछि प्रहरी निरीक्षक अभय लामाको कमाण्डमा अनुसन्धान टोली खटिएर घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै छाडेको थियो । 

प्रहरीका अनुसार मनकुमारीको हत्यामा संलग्न भनिएका शिवबहादुर चोरी मुद्दामा २० महिना कैद भुक्तान गरी मंसिर १४ गते गते कारागार कार्यालय धादिङबाट छुटेका थिए । 

प्रहरीका अनुसार उनले यसअघि पनि जबर्जस्ती करणी उद्योग, चोरी लगायतका फौजदारी कसुरहरुमा पटक/पटक सजाय पाएका थिए । 

शिवबहादुरले कारागारबाट छुटेर घर पुगेको दिनकै राति मनकुमारीको घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मनकुमारीको हत्या गराउन छिमेकी टोपबहादुर र सुनिलले आर्थिक प्रलोभन देखाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ