arrow

ज्वालामुखी बिष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
JAP-volcano.jpeg

काठमाडौँ । इन्डोनेसियामा ज्वालामुखी बिष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । 

इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी बिष्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने केही अझै बेपत्ता भएको बताइएको छ ।

 पहिलो चरणमा ४९ जना आरोही फेला परेका थिए । 

उनीहरूलाई अस्पताल लगिएको छ भने केही अस्पतालबाट घर फर्किसकेका छन् । दोस्रो चरणमा १४ जनालाई फेला पारेको बताइएको छ । 

तीनै जना विष्फोटको बीचमा पश्चिमी इन्डोनेसियाको पहाडको फेदमा जाँदै थिए । 

कुल ७५ आरोहीहरूको खोजी गर्न अधिकारीहरूले लगभग सय जनालाई खटाइएको छ । 

समुन्द्र सतहबाट २ हजार ८ सय ९१ मिटर उचाइमा रहेको मारापी हिमाल ज्वालामुखीको खरानी र चट्टान वरपरका क्षेत्रमा फैलिएको छ । 

अधिकारीहरूले मानिसहरूलाई मुख्य खाडलको ३ किलोमिटरको दायरा भित्र खतरा क्षेत्रमा जान निषेध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ