arrow

काकाको हत्या आरोपमा हरिलाल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
Baglung Police.jpg
तस्बिर-फाइल

बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले हत्या आरोपमा एक जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडीगाड गाउँपालिका वडा नं. १० चैतेका ३३ वर्षका हरिलाल विक रहेका छन् ।

प्रहरीका अनुसार हरिलालेले सोही ठाउँका ४० वर्षका लालमन विकको हत्या गरेको आरोप छ । डिल्ला प्रहरी कार्यालयका डिएसपी मदन केसीका अनुसार आइतबार राति सामान्य विवाद हुँदा हरिलालले लालमनको टाउकोमा कोदालो प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । हरिलाल लालमनका आफ्नै भतिजा हुन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे र ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले हरिलाललाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ