arrow

देश र जनताका लागि मिसन ८४ नभई भिजन ९५ बनाउन आवश्यक : महामन्त्री शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
Bishwo Prakash Sharma.jpg

बाजुरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विसं २०७९ को निर्वाचनमा पाएको जनमतका आधारमा काम गर्ने जिम्मेवारी राजनीतिक दलहरुको काँधमा भएको बताएका छन् ।

अहिलेको अवस्थामा देश र जनताका लागि मिसन ८४ नभई भिजन ९५ बनाउन आवश्यक रहेको उनले बताए ।

नेपाली कांग्रेस बाजुराद्वारा मंगलबार आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबै राजनीतिक दल मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताए ।

“दलले मिसन ८४ को निर्वाचनको होइन, देश निर्माणको चिन्ता गर्नुपर्छ”, महामन्त्री शर्माले भने । 

महामन्त्री शर्माले पुरानो दल एमाले र नयाँ उदय भएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई कटाक्ष गर्दै मिसन ८४ भन्दै विभिन्न अभियान सञ्चालन गर्नुभन्दा देश बनाउने भिजन अबको १५ वर्षभित्रमा बनाउन आग्रह गरेका छन् । 

उनले भने, “विद्यार्थीले पढाइमा चिन्ता गर्ने हो परीक्षाको होइन । जसले परीक्षाको चिन्ता गर्छ त्यो अब्बल विद्यार्थी होइन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ