arrow

चक्रवात मिचुआङमा फसे आमिर खान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
amir-khan-cyclone-2023-12-0.jpg

मुम्बई । समुद्री आँधी मिचुआङले भारतको चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो शहर पानीमा डुबेको देखिन्छ । सोही चक्रवातमा परी बलिउड अभिनेता आमिर खान पनि पछिल्लो २४ घण्टामा यो आँधीमा फसेका छन् । उनीसँगै अभिनेता विष्णु विशाल पनि छन् ।

वास्तवमा हालै सामाजिक सञ्जालमा केही तस्बिरहरु बाहिर आएका छन् । जसमा फायर एण्ड रेस्क्यू डिपार्टमेन्टले आमिर खानलाई बचाएको र उद्दार गरेको देखिएको छ । आमिरसँगै अभिनेता विष्णु विशाल पनि आँधीमा फसेका छन् । उनीहरु दुवैलाई २४ घण्टापछि सकुशल बाहिर निकालिएको छ ।

विष्णु विशाल आफैँले आफ्नो एक्स अकाउन्टमा केही तस्बिर शेयर गरेर यो जानकारी दिएका छन् । आमिर खान र उद्दार विभागसँगका केही तस्बिरहरू शेयर गर्दै विष्णु विशालले क्याप्शनमा लेखेका छन्,  ‘हामीजस्ता फसेका मानिसहरूलाई मद्दत गरेकोमा अग्नि तथा उद्धार विभागलाई धन्यवाद र निरन्तर काम गर्ने सबै प्रशासनिक व्यक्तिहरूलाई पनि धन्यवाद।’ तस्बिरमा आमिर र विष्णु डुंगामा बसेका देखिएका छन् ।

आमिर खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेता अन्तिम पटक फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए। 

फिल्ममा उनको साथमा करिना कपुर देखिएकी थिइन् । तर फिल्मले बक्स अफिसमा निकै खराब हालतमा थियो । त्यसपछि अभिनेताले केही समयको लागि अभिनयबाट ब्रेक लिए ।



नयाँ