arrow

बंगलादेश न्यूजिल्याण्ड टेष्टमा बलर हावी, पहिलो दिन १५ विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
bangladesh-nz-12-06.jpg

काठमाडौँ । बंगलादेश र न्यूजिल्याण्ड बीचको दोस्रो टेष्ट क्रिकेटमा बलरहरु हावी भएका छन् । मिरपुरमा बुधबारदेखि शुरु भएको टेष्टमा पहिलो दिनमै १५ विकेट ढलेको छ । 

खेलमा बंगलादेशले पहिले ब्याटिङ गर्दै ६६.२ ओभरमात्र खेलेर १७२ रनमा अलआउट भयो । मुश्फिकर रहिमले सर्वाधिक ३५ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा मिचेल सान्टनर र ग्लेन फिलिप्सले समान ३–३ विकेट लिए । 

जवाफमा न्यूजिल्याण्डले पनि कमजोर ब्याटिङ गरेको छ । खराब प्रकाशका कारण पहिलो दिनको खेल सकिँदा न्यूजिल्याण्डले १२.४ ओभरमा ५५ रन बनाउँदा ५ विकेट गुमाइसकेको छ । केन विलियमसनले सर्वाधिक १३ रन बनाएर आउट भए । ड्यारिल मिचेल १२ रनमा अविजित छन् । 

मेहन्दी हसन मिराजले ३ तथा तैजुल इस्लामले २ विकेट लिएका छन् । यसअघि भएको पहिलो टेष्ट बंगलादेशले जितेको थियो । 

भारतमा सम्पन्न विश्वकप एक दिवसीयमा सेमिफाइनलबाटै बाहिरिएपछि न्यूजिल्याण्ड बंगलादेश गएको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ