arrow

विरु र विनोद गाँजासहित पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
Biru-binod.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. ४ कोइराला मार्गबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर र रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही घर भइ हाल कोइरालामार्ग बस्ने ३५ वर्षका बिरु परियार र पर्वतको जलजला ९ का २६ वर्षका विनोद पुन रहेका छन् ।

उनीहरुको साथबाट १४ सय ८० ग्राम लागूऔषध गाँजा बरामद गरिइएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध लागूऔषधसम्बन्धी मुद्धामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ