arrow

गाँजासहित धादिङका दुई युवा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
binod-aasis.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरु पोखरा-१४ बाट पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेमा धादिङ घर भइ हाल पोखरा-९ पृथ्वीचोकका १९ वर्षका आशिष थापा मगर र २० वर्षका पूर्ण तामाङ रहेका छन् । 
उनीहरुको साथबाट एक किलो ५०० ग्राम लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरु विरुद्ध लागूऔषध मुद्धामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ