arrow

मन्त्रिपरिषद् बैठकः अशोकराज सिग्देलको रथीमा बढुवा, प्रधानसेनापति बन्ने बाटोमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
ashokraj-sigdel-rathi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि नै सिग्देललाई रथीमा बढुवाको लागि सेनाको बढुवा समितिले रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो । रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि फाइल अगाडि बढाएका थिए । 

नेपाली सेनाका भावी प्रधानसेनातपतिका रुपमा हेरिएको छ । उनी साउनदेखि कायममुकायम प्रधानसेनापति हुनेछन् । 

सिग्देल ९ महिनापछि नेपालको ४५ औँ प्रधानसेनापति बन्ने निश्चितजस्तै भएको छ । सिग्देलका बारेमा कुनै कैफियत नरहेको र केही बेनामे उजुरीउपर नेपाली सेनाले छानबिन गरेर उनको फाइल रक्षा मन्त्रालयमा पठाएको थियो ।  

सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा कीर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले यस विषयमा छानबिन गरेको थियो । 

उक्त छानबिनमा एसएलसीको प्रमाणपत्र र नागरिकतामा भएको जन्ममितिमा कुनै विवाद नदेखिएपछि सिग्देलको नाम सिफारिस भएको थियो । 

सोही अनुसार रथी पदका लागि रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले नेपाल सरकारसमक्ष बढुवा सिफारिस गरेको थियो । 

बिहीबार रथी भएसँगै सिग्देल आगामी साउन २४ गतेबाट कायममुकायम प्रधानसेनापति बन्ने लगभग पक्का छ । 

तनहुँमा जन्मेका सिग्देलको स्थायी घर रुपन्देहीको भैरहवा हो । सिग्देल २०४३ को ब्याचका सेकेन्ड लेफ्टिनेन्ट हुन् । 

सेनामा शालीन, भद्र र अध्ययन एवं प्रशिक्षणमा अब्बल अधिकृतका रूपमा पहिचान बनाएका सिग्देललाई विवादमा तान्ने काम सेनाभित्रकै एक समूहले गरिरहेको जंगीअड्डाको दाबी छ । 

मंगलबारमात्र प्रधानसेनापति प्रभुराम शर्माले कुनै पनि सैन्य अधिकृतलाई विवादमा तान्ने प्रयास सहनयोग्य नहुने बताएका थिए । 

कमाण्डिङ अफिसर्स ओरिएन्टसन कार्यक्रमलाई सम्बोधन गर्दै अरुलाई अयोग्य ठहर्याएर आफू अगाडि बढ्न नसक्ने बताएसँगै यस्तो प्रकरणको टु‌ंगो लागेको संकेतसमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ