arrow

बाइडेनकी विशेष सहायकले भेटिन् प्रचण्डलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
prachanda-biden-elin-meet.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन् । 

नेपालको औपचारिक भ्रमणमा रहेकी लाउबाचर आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेकी हुन् । 

उनी दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक समेत हुन् । 

भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बुधबार लाउबाचरले परराष्ट्र मन्त्री नारायणप्रकाश साउदलाई भेटेर दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा सहयोगको दायरालाई अझ फराकिलो तुल्याउने बारेमा छलफल गरेकी थिइन् । 

बुधबार नै प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेकी उनले दुई देशबीच विद्यमान सुरक्षा सहयोगबारे छलफल गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ