arrow

इङ्गल्याण्डले वेष्ट इन्डिजलाई हरायो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
england-west-indies.jpg

काठमाडौँ । जारी एक दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो खेलमा इङ्गल्याण्डले वेष्ट इन्डिजलाई पराजित गरको छ । बिहान सम्पन्न खेलामा इङ्गल्याण्डले ६ विकेटको जित हासिल गरेको हो । 

नर्थसाउन्डमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ३९.४ ओभरमा अलआउट हुँदै २०२ रन बनायो । कप्तान शाइ होपले ६८ तथा शेरफाने रुदरफोर्डले ६३ रन बनाएको इनिङ्समा साम कुरान र लियान लिभिङस्टोनले ३–३ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले ३२.५ ओभरमै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । विल ज्याक्सले ७३ तथा कप्तान जोस बट्लरले ४५ बलमा अविजित रहँदै ५८ रन बनाए । 

जितसँगै तीन खेलको श्रृंखलामा १–१ को बराबरी भएको छ । पहिलो खेल वेष्ट इन्डिजले जितेको थियो । 

तेस्रो तथा निर्णायक खेल शनिबार हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ