arrow

बास्केटबलको उपाधि एन्जल्स हार्ट र हिमरश्मीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
basketball-himrashmi.jpeg

काठमाडौँ । एन्जल्स हार्ट र हिमरश्मीले दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको उपाधि जितेका छन् । एन्जल्स हार्ट जुनियर ब्वाइज तथा हिमरश्मी गर्ल्समा च्याम्पियन बने ।
    
जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई २४–१९ ले पराजित गर्यो । एन्जल्स हार्टका रुपेश पौडेलले १५ अंक जोडे ।     सिनियर गल्र्सको उपाधि भिडन्तमा हिमरश्मीले ल्यान्डमार्कलाई २०–१८ ले हरायो । हिमरश्मीकी सुनिशा मिश्रले ७ स्कोर गरिन् । 

    विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जुनियर ब्वाइजमा १० तथा सिनियर गर्ल्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ