arrow

यू-१९ एसिया कप क्रिकेट : टस हारेर पाकिस्तानविरुद्ध ब्याटिङमा नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
u19-asia-cup-cricket-2023.jpg

काठमाडौँ । एसीसी यू-१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले ब्याटिङ गर्ने भएको छ । 

 पाकिस्तानसँगको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको हो । 
 
आजदेखि यूएईको दुबईमा शुरु भएको खेलमा टस जितेर पाकिस्तानका कप्तान साद बइगले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । 

यू-१९ एसिया कपमा नेपाल रहेको समूह ए मा भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । 

८ देशले भाग लिएको यू १९ एसिया कपको समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । 

नेपाली टिम देव खनालको कप्तानीमा मैदानमा उत्रदैछ । सिनियर टिमका गुल्सन झा पनि टिममा समावेश रहेका छन् । गुल्सन एकै वर्ष यू-१९ र सिनियर टिममा खेल्ने पहिलो खेलाडीसमेत बनेका छन् । 

यसैसाल सिनियर टिमको एसिया कपमा पाकिस्तानविरुद्ध गुल्सनले खेलेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ