यू-१९ एसिया कप क्रिकेट : टस हारेर पाकिस्तानविरुद्ध ब्याटिङमा नेपाल
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
635
Shares
काठमाडौँ । एसीसी यू-१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले ब्याटिङ गर्ने भएको छ ।
पाकिस्तानसँगको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको हो ।
आजदेखि यूएईको दुबईमा शुरु भएको खेलमा टस जितेर पाकिस्तानका कप्तान साद बइगले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
यू-१९ एसिया कपमा नेपाल रहेको समूह ए मा भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।
८ देशले भाग लिएको यू १९ एसिया कपको समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई रहेका छन् ।
दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् ।
नेपाली टिम देव खनालको कप्तानीमा मैदानमा उत्रदैछ । सिनियर टिमका गुल्सन झा पनि टिममा समावेश रहेका छन् । गुल्सन एकै वर्ष यू-१९ र सिनियर टिममा खेल्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
यसैसाल सिनियर टिमको एसिया कपमा पाकिस्तानविरुद्ध गुल्सनले खेलेका थिए ।