arrow

स्टेज रेसको उपाधि मानबहादुर र छोकीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २३ शनिबार
race-2080-08-23.jpg

काठमाडौँ । ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभीआर स्टेज रेस च्यालेन्जको दोस्रो चरण सम्पन्न भएको छ । गुर्जे भञ्ज्याङमा शुरु भएर झुलेमा सम्पन्न भएको ३३ किलोमिटर दौडमा पुरुषतर्फ मानकुमार रोका मगर र महिलातर्फ छोकी शेर्पा पहिलो भए । 

मानबहादुरले ३ घन्टा चार मिनेट ०९ सकेन्डमा दौड पूरा गरे । यसैगरी श्याम मगराती (३.१३ः१३ सकेन्ड) दोस्रो र अशोक बराम (३.१६ः०० सेकेन्ड) तेस्रो स्थानमा रहे । 

महिलातर्फ गत हप्ता इन्डोनसियामा भएको एसिया ट्रेल मास्टरमा सहभागिता जनाएकी छोकी चार घन्टा सात मिनेट दुई सकेन्ड समय लगातार च्याम्पियन बनेकी हुन् । 

सो स्पर्धामा प्mलु माउन्ट जोय (४.३६ः००) उपविजेता बनिन् भने जाये फे स्टोरिच (४.५३ः०८) तेस्रो स्थानमा रहिन् । 

नेपाल ओलम्पिक कमिटीका कर्मचारी निरज श्रेष्ठले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । टि एटले प्रायोजन गरेको खेल सामग्री विजेताहरुलाई पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

सो स्टेज रेस च्यालेन्समा ९७ खेलाडीको सहभागिता रहेको थियो । जसमा अमेरिका, फ्रान्स, बेलायत, इन्डानेसिया लगायतका ३० जना विदेशी धावकधाविकाको पनि सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ