arrow

पोखरामा आईटीएफ टेनिस : एलेक्सी र आसकुरा च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २३ शनिबार
Tennis.jpg

पोखरा । नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडालाई पराजित गर्दै रुसियाका एलेक्सी सिबाभएले पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ) को जे-३० को दोस्रो सर्किटको उपाधि जितेका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा एलेक्सीले हाडालाई ६-३, ६-२ ले पराजित गरी पुरुष एकलतर्फ च्याम्पियन बने ।

यसैगरी महिला एकलतर्फ जापानकी उता आसाकुरा च्याम्पियन बनेका छन् । उनले भारतकी अर्जान खोराकीवालामाथि ६-२, ६-३ को जित हासिल गरे । यी दुवै खेलाडी जे-३० को सर्किट एकमा पनि विजयी भएका थिए । च्याम्पियन खेलाडीहरूले आइटीएफको महत्वपूर्ण ३०-३० अङ्क प्राप्त गरे ।

विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेलले विभिन्न राष्ट्रबाट आएका खेलाडी, अभिभावक तथा उनीहरुका प्रशिक्षकको सहभागिताले पोखराको पर्यटन चलायमान बनेको बताए ।

यसैगरी पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, नेपाल टेनिस सङ्घका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता निर्देशक अजय विष्ट, लगायतले खेलाडीलाई मेडल र पुरस्कार वितरण गरे ।

प्रतियोगितामा खेलाडीले अङ्कका लागि प्रतिस्पर्धा गरेका थिए । खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको टेनिस वरियता निर्धारण गर्नेछ ।

विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनलिष्टले पाँच र अन्तिम १६ मा पुग्ने खेलाडीले आइटिएफकोे दुई अङ्क प्राप्त गरेका छन् ।

पोखरामा दुई साता लामो सञ्चालन भएको आइटिएफ जे ३० टेसिन प्रतियोगितामा ११ देशका एक सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता रहेको थियो । 

महिलातर्फ ४७ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ