arrow

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २३ शनिबार
mbl-broker-securities-stock-share.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन भएको छ। गत बिहीबारका दिन आयोजना गरिएको एक औपचारिक कार्यक्रमका बिच नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उक्त माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन गरेका हुन्।

काठमाडौँका जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहने गरी माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक रूपमा कार्य शुभारम्भ गरेको हो। माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल धितो पत्र बोर्डका अध्यक्ष  रमेश कुमार हमालले धितो पत्र बजारको विकास र बिस्तार को लागी माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले धितो पत्र बजारमा नयाँ सेक्युरिटिजको रूपमा उदय भएकोमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडलाई स्वागत गर्दै लगानीकर्ताहरूमा धितो पत्र कारोबारको विश्वसनीयता बढाउँदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना व्यक्त गरे।

साथै सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैङ्क लिमिटेडका पूर्व अध्यक्ष एवं गैर आवासीय सङ्घका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले माछापुच्छ्रे बैङ्कको सहायक कम्पनीको रूपमा दर्ता भई धितो पत्र बजारमा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले माछापुच्छ्रे बैङ्कले जस्तै देशको आर्थिक गतिविधिमा महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे।

त्यस्तै माछापुच्छ्रे बैङ्कका अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पूर्वाधार तथा नियमन व्यवस्थाहरूको पूर्ण परिपालना हुने गरी व्यावसायिक, पारदर्शी र विश्वसनीय तरिकाले धितो पत्र बजारको सेवा प्रदायकको रूपमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले आफूलाई उभ्याउन सकोस् भन्ने शुभकामना व्यक्त गरे।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैङ्क, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडका सञ्चालक समितिका पदाधिकारीहरू, विभिन्न सेक्युरिजिट लिमिटेडका पदाधिकारीहरू, माछापुच्छ्रे बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिति रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ