arrow

वेष्ट इन्डिजले जित्यो इङ्गल्याण्ड विरुद्धको एक दिवसीय श्रृंखला

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
wi-eng-odi-2023-12-10.jpg

काठमाडौँ । इङ्गल्याण्ड विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला वेष्ट इन्डिजले जितेको छ । आइतबार बिहान सम्पन्न खेलमा वेष्ट इन्डिजले इङ्गल्याण्डलाई तेस्रो खेलमा डक वर्थ लेविस नियमका आधारमा ४ विकेटले पराजित गर्दै श्रृंखला २–१ ले जितेको हो ।

यो खेलमा वर्षाले प्रभावित गरेपछि खेल शुरुमा ४०–४० ओभरको खेलाइएको थियो । जस अनुसार इङ्गल्याण्डले पहिला ब्याटिङ गर्दै ४० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको थियो । 

४० ओभरमा २०७ रनको लक्ष्य पाएको वेष्ट इन्डिजले ३१.४ ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएपछि खेल पुनः वर्षाले प्रभावित भएको थियो । त्यसपछि वेष्ट इन्डिजले ३४ ओभरमा १८८ रनको नयाँ लक्ष्य पाएको थियो । यसरी वेष्ट इन्डिजले खेल ४ विकेटले जितेको थियो ।

यसअघि पहिलो खेल वेष्ट इन्डिजले ४ विकेटले तथा दोस्रो खेल इङ्गल्याण्डले ६ विकेटले जितेको थियो । 

एक दिवसीय श्रृंखला २–१ ले जितेपछि अब दुवै देशले ५ खेलको टी–२० श्रृंखला खेल्दै छन् । पहिलो खेल बुधबारदेखि शुरु हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ