arrow

पोखरामा बस चाेरेको आरोपमा बालक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
buss.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले बस चोरी गरेको आरोपमा एक बालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ३ को १७ वर्षका बालक रहेका छन् ।

प्रहरीका अनुसार यहि मंसिर २२ गते राति पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित पार्किङ गरी राखेको ग१ख ९६३८ नम्बरको बस चोरी भएको थियो ।

बस चोरी भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, मातहत प्रहरी कार्यालय तथा अन्य प्रहरी कार्यालय समेतमा जानकारी गराई खोजतलास गर्दा जिल्ला चितवनमा फेला परेको हो ।

चितवन भरतपुर महानगरपालिका वडा नं. ११ आँपटारीमा प्रहरीले चेकजाँच गर्नेक्रममा बालकले चलाउँदै गरेको अवस्थामा बस फेला परेको थियो ।

पक्राउ परेका बालकविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ