arrow

केयूले स्थापना दिवस र दीक्षान्त कार्यक्रम गर्दै, ३२ वर्षमा ४३ हजारभन्दा बढी उत्तीर्ण 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० मंसिर २४ आइतबार
ku-meeting-2080-08-24.jpeg

धुलिखेल । काठमाडौँ विश्वविद्यालय केयूले ३२औं स्थापना दिवसको अवसर पारेर सोमबार स्थापना दिवस तथा बुधबार दीक्षान्त कार्यक्रम आयोजना गर्ने भएको छ । केयू प्रवक्ता एक्कुमाया पुनका अनुसार स्थापना दिवस समारोहमा विशिष्ट तीन विशिष्ट विद्वानहरूको अभिनन्दन गर्ने कार्यक्रम छ । 

अभिनन्दित हुनेमा काठमाडौँ विश्वविद्यालयको चिकित्साशास्त्र विभागका संस्थापक डीन डा.नरेन्द्रबहादुर राणा, जर्मन कला साधक तथा काठमाडौँ विश्वविद्यालयको स्कुल अफ आर्टसको सङ्गीत विभागका संस्थापक विभागाध्यक्ष प्राध्यापक गर्ट माथियास वेग्नर र पूर्व सभामुख दमननाथ ढुङ्गाना छन् ।

समारोहमा डा. न्हुछेरत्न तुलाधरको पुस्तकसमेत विमोचन हुने भएको छ ।

यसैगरी काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोह (पहिलो चरण) २०८० मङ्सिर २७ गते बुधबार बिहान ११ बजे काठमाडौँ विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुने भएको छ । 

कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षता, शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोककुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको उपस्थिति रहनेछ ।

समारोहमा केयूबाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डीएम र एमसीएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पीजीडी तहका ५२ जना र स्नातक तहका १ हजार ४ सय १६ जनासहित जम्मा १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित हुनेछन् । 

तीमध्ये आर्टस्का २०९ जना, एजुकेसनका २२५ जना, इन्जिनियरिङका ३९ जना, कानूनका ३९ जना, मेनेजमेन्टका ४४८ जना, मेडिकल साइन्सेजका ७७७ जना र साइन्सका १०१ जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरुमध्ये पुरूषको प्रतिशत ४६.०३ (६ सय ४६ जना) तथा महिलाको प्रतिशत ५३.९७ (९ सय ९२ जना ) रहनेछ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरु ६.१५ प्रतिशत रहेका र तीमध्ये भारत, श्रीलङ्का र माल्दिभ्स गरी ३ देशका ११३ जना विदेशी विद्यार्थी रहनेछन् ।

काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत Master of Technology in Artificial Intelligence मा १ जनालाई, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत Master of Science in Midwifery Nursing मा ८ जनालाई र स्कुल अफ एजुकेसन अन्तर्गत Master in Higher Education मा ९ जनालाई उपाधि प्रदान गर्नेछ ।

उनान्तीसौँ दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रम सम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट ४३ हजार १ सय २३ जना उत्तीर्ण भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ