arrow

एनिमलमा रणवीरसँगको सिन हेरेर तृप्तीका परिवार बने स्तब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
ranbir-animal-movie.jpg

काठमाडौँ । बलिउड अभिनेता रणवीर कपूर र बबी देवलको फिल्म ‘एनिमल’ यतिबेला चर्चामा छ । 

फिल्मको कमाइदेखि लिएर यसको दृश्यसम्म सबै कुराको चर्चा चलिरहेको छ । 

चलचित्र ‘एनिमल’ रिलिजपछि अभिनेत्री तृप्ति डिमरीको नाम चर्चामा छ । 

एक अन्तर्वार्तामा तृप्ति डिमरीले फिल्म ‘एनिमल’का धेरै विषयमा कुरा गरेकी छिन् ।

फिल्ममा रणवीर, बबीसहित अनिल कपूर र रश्मिका मन्डन्ना मुख्य भूमिकामा रहेका छन् । 

 एनिमलमा तृप्ति डिमरीको सानो तर शक्तिशाली भूमिका थियो। 

यस फिल्मको दौरान तृप्ति डिमरीले रणवीर कपूरसँग इन्टिमेट सीन दिएकी थिइन्, सो दृश्यले इन्टरनेट हल्लायो पनि । 

तृप्ति डिमरीले हालै एक अन्तर्वार्तामा यो इन्टिमेट सीन देखेपछि अभिभावकले कस्तो प्रतिक्रिया दिए भन्ने खुलासा गरेकी छन् । 

तृप्ती डिमरीले यी दृश्य देखेर अभिभावकहरू स्तब्ध भएको बताइन् । उनले फिल्ममा यस्तो कहिल्यै नदेखेको पनि बताइन् । 

ती बोल्ड दृश्यहरू हेरेपछि परिवारका सदस्यहरूलाई सामान्य हुन केही समय लाग्यो। 

यसबाहेक अभिनेत्रीले भनिन् उनका आमाबाबुले 'तिमिले त्यसो गर्नुहुँदैन थियो'। 

यसपछि अभिनेत्रीले आफ्ना अभिभावकलाई स्पष्ट गरिन्, 'मैले केही गलत गरिरहेकी छैन, यो मेरो काम हो।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ