arrow

हिमपातले बेइजिङमा सडक यातायात प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
snow-fall-beizing-2023.jpg

बेइजिङ । आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ ।

आइतबार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजे सम्ममा बेइजिङ शहरमा औसत ५.७ मिमी हिम वर्षा भएको छ । 

बेइजिङ मौसम विज्ञान सेवाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी हिमबर्षा भएको फाङशान जिल्लामा १०.२ मिलिमिटरसम्म हिउँ जमेको छ ।

शहरको मौसम केन्द्रले सोमबार पनि हल्का हिमपात जारी रहन र अपराह्न ४ः५० बजेपछि हिउँवर्षा कम हुने जानकारी गराएको छ । 

चीनमा चार तहको मौसम चेतावनी प्रणाली छ, जसमा रातो रङले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ भने त्यसपछि सुन्तला, पहेंलो र नीलोले क्रमशः घट्दो जोखिमलाई सङ्केत गर्दछ ।

मौसम पूर्वानुमानअनुसार सोमबार पनि हल्का हिमपात जारी रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ