arrow

गुगलमा शाहरुखको ‘जवान’ सर्वाधिक खोजीमा, यी हुन् १० चलचित्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
jawan.JPG

काठमाडौँ । गुगलले सन् २०२३ को विभिन्न विधामा सर्वाधिक खोजीको सूची सार्वजनिक गरेको छ । 

जसमा शाहरुख खानको ‘जवान’ शीर्ष स्थानमा छ । यो वर्ष गुगलमा फिल्म ‘जवान’लाई दर्शकले सबैभन्दा धेरै खोजेका छन् । 

२०२३ मै शाहरुख खानका दुई फिल्म ‘पठान’ र ‘जवान’ले बक्स अफिसमा बम्पर कमाई गरेका छन् । 

हरेक पटक गुगलले वर्षको अन्त्यमा सूची जारी गरि बढी खोजिने चलचित्र र सेलिब्रेटीको सूचि सार्वजनिक गर्ने गरेको छ ।

सूचीमा सनी देवलको फिल्म ‘गदर २’ दोस्रो नम्बरमा, हलिउड फिल्म ‘ओपेनहाइमर’ तेस्रो, फिल्म ‘आदिपुरुष’ चौथो नम्बरमा, फिल्म ‘पठान’ पाँचौँ नम्बरमा छ । 

छैटौँ नम्बरमा ‘द केरला स्टोरी’, सातौँमा फिल्म ‘जेलर’, आठौँ नम्बरमा फिल्म ‘लियो’, नवौँ नम्बरमा फिल्म ‘टाइगर ३’ र दसौँ नम्बरमा चलचित्र ‘वारिसु’ छ ।

वेब सिरिजमा भने शाहिद कपूरको वेब सिरिज ‘फरजी’ गुगलमा सबैभन्दा धेरै खोजिएको छ । 

दोस्रो नम्बरमा 'वेनसडे', तेस्रो नम्बरमा 'असुर', चौथो नम्बरमा 'राणा नायडू', पाँचौँ नम्बरमा 'द लास्ट अफ अस', छैटौँमा 'स्क्याम २००३', सातौँ नम्बरमा 'बिग बोस १७', पहिलो नम्बरमा गन्स एण्ड रोजेज, नौ नम्बरमा ‘सेक्स लाइफ’ र दसौँमा ‘ताजा खबर’ छ ।

सबैभन्दा धेरै खोजीमा कियारा आडवाणी रहेकी छन् । उनका श्रीमान् सिद्धार्थ मल्होत्रा ​​यो सूचीमा छैटौँ नम्बरमा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ