arrow

केबीएल सेक्युरिटिज (शेयर ब्रोकर नं ९४) को धितोपत्र कारोबार शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
kbl-securities-limited.jpg

काठमाडौँ । केबीएल सेक्युरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारिक रुपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ । 

कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले यस कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरेका थिए । 

उक्त कार्यक्रममा केबीएल सेक्युरिटिज लिमिटेड तथा कुमारी बैंक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

कारोबार शुभारम्भ गरेसँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबीएल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरे । 

केबीएल सेक्युरिटिज लिमिटेड, कुमारी बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ