पाकिस्तानबाट भगाइएका अफगान शरणार्थीहरू बेलायतमा पनि निराश
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
538
Shares
तस्बिर : फाइल
इस्लामावाद। पाकिस्तानबाट बेलायत लगिएका सयौँ अफगान शरणार्थीहरू सैन्य अखडाहरूमा बसिरहेका छन्। सरकारले उनीहरूका लागि सरकारले आवास खोज्न कोसिस गरिरहेको इन्डिपेन्डेन्टले रिपोर्ट गरेको छ।
अगस्ट २०२१ मा अफगान तालिबानले काबुलमा कब्जा गरेपछि बेलायतमा बसोबास गर्नका लागि करिब ३,००० अफगानीहरू बेलायत गएका थिए, जसमध्ये धेरैले बेलायती सेनाका लागि काम गरेका थिए।
उनीहरू गत वर्षदेखि पाकिस्तानमा फसेका थिए। गत महिना पाकिस्तानले गैर कानुनी विदेशीहरूलाई नोभेम्बर १ सम्ममा देश छोड्ने निर्णय गरेपछि बेलायतले शरणार्थीहरूलाई लगेको थियो।
केही स्थानान्तरण गरिएका परिवारहरूलाई सशस्त्र बलको आवासमा सारिएको छ, तर सयौँलाई सात फिट अग्लो काँडे तारले घेरिएको सैन्य ब्यारेकमा राखिएको छ।
ब्यारेकहरू बेलायतको लफबरो, ग्लुसेस्टरशायर, ब्ल्याकपूल र स्टाफर्डशायर क्षेत्रमा अवस्थित छन्। एउटा सैन्य अड्डामा बसेका एक शरणार्थीले इण्डिपेन्डेन्टलाई भने कि त्यहाँ ठाउँ छोड्ने कुनै उपाय छैन।