arrow

ख्रिटियन महासंघका अध्यक्ष चरी नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
charibahadur-gahatraj-2080.jpg

काठमाडौँ । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन् । नक्कली सर्टिफिकेट प्रकरणमा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

उनले स्नातक तहको नक्कली सर्टिफिकेट बनाएर दुरूपयोग गरेको आरोपमा प्रहरीले मंगलबार अपराह्न सिंहदरबारबाट पक्राउ गरेको हो । 

उनीमाथि स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसन लगायतका कागजात कीर्ते गरेको उजुरी परेपछि उनी पक्राउ परेका हुन् । 

गहतराजले ‘महान् अभियान’ नामक पत्रिका दर्ता गर्ने क्रममा आफू स्नातक उत्तीर्ण भनी स्नातक तहको कागजात कीर्ते गरेको आरोप छ । उनले पशुपति बहुमुखी क्याम्पसबाट प्रथम श्रेणीमा स्नातक उत्तीर्ण भएको कागजात बनाएका थिए । उक्त कागजातको छानबिन गर्दा नक्कली भएको पुष्टि भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ