arrow
ADVERTISEMENT

कांग्रेसका पुराना नेता मेहता रहेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
nepali-congress-flag.jpg

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ ।

उनानसत्तरी वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिए। 

मेहतलाई हृदयाघातपछि अस्पताल भर्ना गरिएको थियो । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्वजिल्ला सदस्यसमेत थिए। 

मेहताको निधनले सुनसरी कांग्रेसलाई क्षति पुगेको कांग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले बताए । 

उनको आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ