arrow

अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
Pakrau gorkha.jpg

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले मादक पद्धार्थ सेवन गरि अभद्र व्यवहार गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोरखाका अजिरकोट गाउँपालिका वडा नं. ३ हंशपुर भच्चेक बजारका २२ बर्षका मिलन श्रेष्ठ र लमजुङ घर भई हाल भच्चेक बजार बस्दै आएका २१ बर्षका मनोज गुरुङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रवीन्द्र अधिकारीका अनुसार गाउँघरमा होहल्ला तथा अनावश्यक गालीगलौज गरेको भन्दै स्थानीयले गुनासो र उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

सोमबार बिहान करिब ९ः३० बजे अजिरकोट गाँउपालिका वडा नं. ५ मुच्चोक मादले भन्ने स्थानमा मादक पदार्थ सेवन गरी स्थानीयलाई गालीगलौज गनुका साथै हातपात गरी लछारपछारसमेत गरेको भन्ने उजुरी परेपछि आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

पक्राउ परेका दुवैविरुद्ध अभद्र ब्यवहार मुद्धामा जिल्ला प्रशासनबाट म्याद लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ