arrow

कांग्रेस संसदीय दलको नेता शेखरलाई बनाउन गगनको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
gagan-shekhar-meeting-27q.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी संसदीय दलको नेता फेर्नुपर्नेमा जोड दिएका छन् । उनले जतिसक्दो छिटो पार्टीका नेता डा. शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन जोड दिएका हुन् ।  

कांग्रेसको संस्थापन इतरको गगन–शेखर समूहको बुधबार दिउँसो बसेको भेलामा थापाले जतिसक्दो छिटो नेता कोइरालाई संसदीय दलको नेता बनाउनुपर्ने बताएका हुन् । 

बैठकमा सहभागी सहमहामन्त्री जीवन परियारले भने, ‘महामन्त्रीज्यूले नेपाली कांग्रेसको महाविधेशन २०८२ मा गर्नुपर्छ । त्योभन्दा पहिला अब दलको नेता परिवर्तन गर्न आवश्यक छ । र दलको नेता भनेको चाहिँ पार्टीका वरिष्ठ डा. शेखर कोइरालालाई प्रतिस्पर्धा गराएर उहाँलाई निर्वाचित गराएर जानुपर्छ भन्नुभयो ।’

सो क्रममा नेता थापाले डा. कोइरालासँग कुनै मनमुटाव पनि नभएको स्पष्ट पारेका छन् । 

यसअघि सोमबार पार्टीका नेता अर्जुननरसिंह केसीले आफ्नै घरमा गराएको डिनर मिटिङबाट डा. कोइराला र महामन्त्री थापाबीच सहमतिमै अगाडि बढ्ने निर्णय भएको थियो । 

त्यसपछि डा. शेखरले मंगलबारलाई डाकेको बैठक सारेर बुधबारलाई बोलाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ