arrow

जन्ती बोकेको गाडी दुर्घटनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
accident-final-1618290232.jpg

खलङ्गा । प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज बिहान ११ः२० बजे लु ३ च ६८७४ नं को स्कार्पियोको अगाडिको टायर पङ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । 

दुर्घटनामा परी गाडीको अगाडि बाटोमा हिँडेका मल्लरानी गाउँपालिका–३ का वडासदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ