arrow

फोनपेको संचालक समिति अध्यक्षमा सशीन जोशी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
sanil-joshi-fonepay.jpg

ललितपुर । फोनपेले आफ्नो संचालित समितिको अध्यक्षमा सशीन जोशीलाई नियुक्त गरेको छ । सोसँगै जोशीले नेपाल राष्ट्र  बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्राबाट बुधबार शपथ लिइ पदबहाली गरेका छन् । 

यसअघि उनी फोनपेको स्वतन्त्र संचालकको रुपमा आवद्ध थिए । सशीन जोशी, जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दख्खल राख्ने बैंकरको रुपमा परिचित छन् । करिब दुई दशक भन्दा बढी समय उनी नेपालको प्रमुख बैंकिङ् संस्थाहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

पदभार ग्रहणपछि अध्यक्ष जोशीले भने फोनपे जस्तो संस्थाको अध्यक्षको रुपमा काम गर्न पाउँदा आफूलाई निकै खुशी लाग्नुका साथै नयाँ अनुभवसमेत हुने बताए । 

अध्यक्षको रुपमा आफूले फोनपे संस्थालाई अझै बढी सबल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गर्न फोनपेको व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग रहने विश्वास दिलाए । 

फोनपे नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटर– पीएसओ) को रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो । 



नयाँ