arrow

टेलिकमका तार चोरी गर्ने दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
Wire chori.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले टेलिकमको दूरसञ्चारका केबुल तार चोरी गर्ने कार्यमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक छन् । 

पक्राउ पर्ने पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा बस्ने ५८ वर्षीय लालबहादुर नेपाली र भारतको मोतिहारी बिहार स्थायी घर भई पोखरा-२५ हेम्जा बस्ने वर्ष ३९ का श्यामनाथ जैसवाल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले बिजुलीका पोलहरुमा राखिएका नेपाल टेलिकमको कपर केबुलका तारहरु चोरी गरेका हुन् ।

चोरी गरेका तारहरु ग२च ५३६ नम्बरको कारमा राखेर लैजाँदै गर्दा उनीहरुलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पोखरा-१९ लामाचौरस्थित गोस्ते जाने सडक खण्डबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट टुक्रा-टुक्रा रोलिङ गरेको अवस्थामा एकसय पेयरको एकसय ५३ मिटर, ७० पेयरको १३ मिटर, ५० पेयरको २८ मिटर, ३० पेयरको १०४ मिटर र २० पेयरको ३३ मिटर गरी कूल तीन सय ३१ मिटर कपर केबुल तारहरु बरामद भएको छ । 

पक्राउ परेका दुवै जनाबिरुद्ध जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ८ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ