arrow
ADVERTISEMENT

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी बारे छलफल गर्न कांग्रेस बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
congress-karyasampadan-baithak-2079-02-28.jpg

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । 

बैठक आज मध्यान्ह सवा १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

आजको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ