arrow

पाकिस्तानविरुद्ध अष्ट्रेलियाले बनायो फराकिलो योगफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
aamer-jamal-pak-cricket.jpg

काठमाडौँ । पाकिस्तान विरुद्धको पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलियाले उच्च योगफल जोडेको छ । पर्थमा भइरहेको खेलमा घरेलु टिमले ४८७ रन बनाएको छ । 

यो श्रृंखलापछि संन्यासको तयारी गरेका डेभिड वार्नरले २११ बलको सामना गर्दै १६४ रन बनाए । त्यस्तै मिचेल मार्शले १०७ बलमा ९० रन जोडे । 

पाकिस्तानका लागि आमेर जमाल एक्लैले १११ रन खर्चेर ६ विकेट लिए । खुराम शहजादले २ तथा शहीन शाह अफ्रिदी र फहिम अश्राफले १–१ विकेट लिए । 

जवाफमा आज दोस्रो दिनको खेलमा पाकिस्तान मैदानमा उत्रिइसकेको छ । 

पाकिस्तानले अष्ट्रेलियासँग तीन खेलको टेष्ट श्रृंखला खेल्न लागेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ