कांग्रेसले फेरि पनि सार्यो महासमिति बैठक, अबको साइत फागुन ७–१० लाई
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
1.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसले फेरि पनि महासमिति बैठकको मिति सारेको छ । पटक पटक विभिन्न बहानामा सर्दै आएको बैठक अब फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको हो ।
शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सारेर फागुनमा गर्ने निर्णय गरेको हो ।
सहमहामन्त्री जीवन परियारले राष्ट्रिय सभाको निर्वाचनका लागि भनेर महासमिति सारिएको बताए ।
यसअघि पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्ने तय भएको थियो । महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्ताव तयारीलाई अन्तिम रुप दिँदै थिए भने उपसभापति पूर्णबहादुर खड्काले लेखन शुरुसमेत नगरेको पाइएको छ ।