arrow

अवैध हतियार र लागूऔषसहित दुईजना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
pakrau9.jpg

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हतियार तथा लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पर्नेमा इलाम जिल्लाको इलाम नगरपालिका-९ बस्ने ४१ वर्षीय चिरञ्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका-२ बस्ने ३१ वर्षीय लेखबहादुर कार्की रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकृत तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रहरीले केएफ-७ दशमलव ६५ लेखिएको पाँच राउण्ड गोली लोड भएको म्याग्जिनसहितको एउटा पेस्तोल, उक्त पेस्तोलमा लाग्ने खाली म्याग्जिन एक थान तथा लागूऔषध खैरौ हेरोइनजस्तो देखिने लेसिलो पदार्थ पाँच ग्रामसहित बरामद गरेको छ ।

भक्तपुर, सूर्यविनायक नगरपालिका-१० नलिन्चोक एरियामा अवैध हतियार तथा लागूऔषधको ओसारपसार र कारोबार हुँदैछ भन्ने गोप्य सूचना प्राप्त भएपश्चात् यस कार्यालयबाट खटिएको विशेष टोलीले निजहरूलाई पक्राउ गरेको सूचना अधिकृत तथा प्रहरी उपरीक्षक केसीले बताए । 

उनले भने, “आज निजहरूलाई लागूऔषध तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि प्रहरी बृत्त जगाति पठाइएको छ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ