गृहले गर्यो एकैपटक २५ सीडीओको सरुवा, को कहाँ ? [विवरणसहित]
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
987
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । गृह मन्त्रालयले २५ जना अधिकारीहरूको सरुवा गरेको छ । पाँच जना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थापन भएका छन् ।
एक जना कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् । मन्त्रालयका अनुसार बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन भएको हो ।
यस्तै वरिष्ठ अधिकारीहरूको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापन गरेको मन्त्रालयले जनाएको छ।