arrow

अरहान्त र विपना स्क्वास च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
arahanta-bipana-squash.jpg

काठमाडौँ । अरहान्तकेशर सिंह र विपना ब्लोन एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिता २०८० मा च्याम्पियन भएका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको भवनमा भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर एक अरहान्तले अमिर ब्लोनलाई चार सेटमा ६–११, ११–७, ११–४, ११–८ ले पराजित गरे । 

अरहान्तको  खेल जीवनको यो १४ औँ एकल उपाधि भएको छ । महिला एकल फाइनलमा विपना ब्लोनले कृष्णा थापालाई चार सेटमै ११–८, ८–११, ११–६ र १३–११ ले निराश पारिन् ।  

यसैगरी यू–१९ गल्र्समा साक्षी सुनुवार फाइनलमा रेनेसा महर्जनलाई सीधा सेथटमा ११–२, ११–१ र ११–२ ले हराएर च्याम्पियन बनिन् । 

यू–१९ ब्वाइजको फाइनलमा विकास तुम्सिङ मगरले पासाङ ब्लोनलाई चार सेटमा ११–७, १२–१४, ११–६ र ११–४ ले पराजित गरे । यसैगरी मास्टर्स ५० प्लसमा छविलाल पाइजा पुन प्रज्ज्वल प्रधानलाई ३–१ सेटमा र प्लेट च्याम्पियनशिपमा पासाङ ब्लोन दिव्यराज वज्राचार्यलाई सोझो सेटमा ३–० ले हराएर च्याम्पियन बने । 
 
नेपाल स्क्वास र्याकेट्स संघ ३५ वर्ष पुगेकोे अवसरमा एनएसआरए एनिभर्सरी कप स्क्वासको आयोजना भएको हो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई एक्स स्टेपले पुरस्कार प्रायोजन गरेको थियो ।

भावना र राजेन्द्रको संन्यास
नेपाल स्क्वास र्याकेट संघले प्रतियोगिताको समापन कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिताबाट संन्यास लिएका दुई अनुभवी खेलाडी भावना सुनुवार र राजेन्द्र शाक्यलाई शुभकामनासहित सम्मानपत्र प्रदान गरी उनीहरुको योगदानको कदर गरेको छ । 

यी दुवैले घरेलु स्क्वास प्रतियोगितालाई भने निरन्तरता दिनेछन् । दुई दशकदेखि स्क्वासमा समर्पित भावनाले एक दशकभन्दा बढी घरेलु महिला स्क्वासमा दबदबा बनाउने खेलाडी हुन् । 

चार पटक दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी भएर भावनाले कोलेम्बोमा भएको दशौँ साग, गुवाहाटीमा भएको १२ औँ साग र काठमाडौँमा भएको १३ औँ सागमा नेपाललाई महिला टिम इभेन्टमा काश्य पदक दिलाएकी थिइन् ।

यसैगरी एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिसकेका राजेन्द्र नेपाल स्क्वास एन्ड र्याकेट्स संघका केन्द्रीय सदस्य पनि हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ