arrow

नारायण प्रधान छैटौँ पटकका लागि अध्यक्षमा सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
byayam-mandir-23rd-assembly.jpg

काठमाडौँ । २०१० सालमा स्थापित नेपालको नै अग्रणी खेल संस्था नेपाल ब्यायाम मन्दिरको २३ औँ साधारण सभाले नारायण प्रधानलाई छैटौँ पटकका लागि पनि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

शनिबार भएको साधारण सभाले मन्दिरको वरिष्ठ उपाध्यक्षमा अजय बज्राचार्य, उपाध्यक्षमा नानीकाजी डंगोल र अनिललाल श्रेष्ठ, महासचिवमा सूर्यप्रसाद जोशी, सचिवमा ईश्वर श्रेष्ठ, कोषाध्यक्षमा प्रशान्त सिंह र सहकोषाध्यक्षमा नरेश नेपालीलाई पनि सर्वसम्मत चयन गरेको हो ।

यस्तै साधारण सभाले सदस्यहरुमा ईश्वर खड्गी, अर्जुन बर्णवाल र रेनबहादुर श्रेष्ठलाई पनि सर्वसम्मत चयन गरेको हो । मन्दिरको कार्यसमितिमा वडा तथा स्थानीयबाट २ जना र मनोनित २ सदस्यसमेत गरी १५ सदस्यीय रहेको छ ।

शनिबारै बसेको कार्यसमितिले लुना प्रधान र संजीत श्रेष्ठलाई मनोनित गरेको छ । यसअघि बसेको साधारण सभाको बन्द सत्रले अध्यक्ष, महासचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको थियो । 

त्यस्तै आफ्नो २३ औँ साधारण सभाका अवसरमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । मन्दिरले बर्सेनि साधारण सभाका अवसरमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा शनिबार विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

ब्यायाम मन्दिरको विकास र विकासमा संस्थाको विभिन्न ओहदामा बसेर विगत लामो समयदेखि कार्य गर्दै आइरहेका पूर्व अध्यक्ष उदयबहादुर श्रेष्ठ र सदस्य रत्नलाल मानन्धरलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो । सम्मानित ब्यक्तित्वहरुले नगद ५५ हजार ५ सदय ५५ का साथ प्रशंसा पत्र प्राप्त गरे ।

यस्तै मन्दिरले आफ्ना सदस्यहरुका छोरा छोरीहरुले विभिन्न क्षेत्रमा गरेको प्रगतीलाई मध्यनजर गर्दै सन्तती पुरस्कार बाट प्रजल बरिया र श्वेता शाहीलाई नगद १० हजार सहित प्रशंसा पत्रले सम्मान गरेको हो । सम्मानित ब्यक्तित्वहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले नगद र सम्मान पत्र प्रदान गरेका थिए ।

यस्तै अभिवक्ता कुमारराज भट्टराईलाई नगद २५ हजारसहित विशेष सम्मान र समाज सेवी विद्यासागर तुलाधरको तर्फबाट विगतमाझैँ ब्यायाम मन्दिरको विकासमा सहयोग पुर्याउने सदस्यहरु कोषाध्यक्ष प्रशान्त सिंह र पूर्णकुमार मानन्धरलाई नगद २० हजारले सम्मान गरेको हो ।

यस्तै मन्दिरका उपाध्यक्ष नानीकाजी डंगोललाई संचालक समितिको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै नेपाल ब्यायाम मन्दिरको खेलाडीको रुपमा विभिन्न प्रतियोगितामा सहाभागिता जनाउनुका साथै पदक प्राप्त गर्न सफल ३७ जना खेलाडीहरुलाई पनि नगदद्वारा सम्मान गरिएको थियो । साथै विभिन्न संचारमाध्यममा कार्यरत चार संचारकर्मी पनि दश हजार रुपैयाँसहित सम्मानित भएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ